सन्दीप प्लेयर अफ द म्याच बन्दा बार्बाडोसको पहिलो जित

|
सन्दीप प्लेयर अफ द म्याच बन्दा बार्बाडोसको पहिलो जित

क्यारेबियन प्रिमियर लिग अन्तर्गतको आफ्नो दोश्रो खेलमा बार्बेडोस ट्राइडेन्टसले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई १८ रनले पराजित गर्दा सन्दीप लामिछानेले उत्कृष्ट बलिगं प्रदर्शन गरेका छन् । ४ ओभरमा २२ रन खर्चँदै ३ विकेट लिएका सन्दीप प्लेयर अफ द म्याच घोषित भएका छन् ।

टस जितेर सेन्ट किट्सले बार्बाडोसलाई पहिले ब्याटिगंको निम्तो दिएको थियो । निर्धारित २० ओभरमा बार्बाडोसले १८६/२ को स्कोर तयार पारेको थियो । बार्बाडोसका लागि जोनसन चाल्र्सले ५२ रन बनाए भने लेनिको बाउचर ६२ रनमा अविजित रहे ।

जवाफी ब्याटिगंमा उत्रेको सेन्ट किट्सले २० ओभरको समाप्तिमा १६८र९ मात्र जोड्न सक्यो । बार्बाडोसको तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिँदा जेसन होल्डरले २ विकेट हात पारे । सन्दीपले शाम्राह ब्रुक्स, लौरी इभान्स र कार्लोस ब्राथवेटको विकेट लिए ।