पोखरा प्रिमियर लिगको ब्रोडकास्टिङ पार्टनर हिमालय टिभी एचडी

|
पोखरा प्रिमियर लिगको ब्रोडकास्टिङ पार्टनर हिमालय टिभी एचडी


सुन्दरताले भरिएको गण्डकी प्रदेश, गण्डकी प्रदेशको मुटु पोखरा र सबैको मन र मुटुमा बस्न सफल खेल, क्रिकेट। यहि कार्तिक  ९ गते बाट क्विन्स् इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)को टिभि राईट्स हिमालय टेलिभिजनसंग निहित रहने भएको छ। अब सुन्दर नगरी पोखरामा यही कार्तिक ९ देखी २० सम्म हुने पोखरा प्रिमियर लिग टि-२० को प्रत्यक्ष प्रशारण हिमालय टेलिभजन एचडीले दिनेछ । पिपिएलको लागि ब्रोडकास्ट पार्टनरको रुपमा आज एक समारोहको वीच क्विन्स इभेन्ट्स इभेन्ट्स म्यानेज्मेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलीभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरेका छन्।  टेलिभिजनले पिपिएल लाई ३ बर्षमा नगद र अन्य सहित ३ करोड ७० लाख बराबर उपलब्ध गराउने सम्झौता भएको छ ।

६ वटा ‘फ्रेन्चाइज बेस’ टिम रहने पिपिएलमा पोखरा क्रिकेट रंगशालामा ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट समेत निर्माण गरिने आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले बताईसकेका छन्।