पीपीएलका लागि खेलाडी दर्ता शुरु

|
 पीपीएलका लागि खेलाडी दर्ता शुरु


आगामी कार्तिक दोस्रो साता सुन्दर पर्यटकीय नगर पोखरामा आयोजना हुन गइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) टी२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता शुरु भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रा. लि. ले आज बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सो जानकारी गराएको हो ।

पीपीएलमा खेल्न इच्छुक खेलाडीले पीपीएलको आधिकारिक वेव पोर्टल www.ppl-t20.com मा लग इन गरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन् । दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ जुन शुल्क इसेवा मार्फत तिर्न सकिनेछ ।

पीपीएलमा सहभागी हुने खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ ।

क्याप्ड सिनियर (Capped Senior)

क्याप्ड एज लेभल (Capped Age Level)

अनक्याप्ड (Uncapped)

क्याप्ड सिनियरमा नेपालको सिनियर टिमबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह यू१५, यु१७, यु१९, यु२१ तथा यु२३ टिमको प्रतिनिधित्व गरेका खेलाडिलाई राखिएको छ । अनक्याप्ड श्रेणीमा नेपालको राष्टिय र मेर समूहको टिमबाट खेलेका बाहेकका खेलाडीलाई राखिएको छ ।

क्याप्ड सिनियर खेलाडीको न्युनतम मूल्य (बेस प्राइस) ५० हजार रुपैँया राखिएको छ भने अधिकतम मूल्य २ लाख ५० हजार रुपैँया राखिएको छ । क्याप्ड ऐज लेभलको न्यूनतम मूल्य पनि ५० हजार राखिएको छ भने अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैँया राखिएको छ ।पीपीएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ । अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध गर्नुपर्नेछ । हरेक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल आइकन प्लेयरलाई पनि राख्नु पर्नेछ ।

पीपीएलमा दर्ता गराउने खेलाडीले आफ्नो क्याटागोरी अनुसार न्यूनतम मूल्य बढाएर पनि आफ्नो मूल्य तोक्न पाउनेछन् । उदाहरणका लागि क्याप्ड सिनियरले दर्ता गराउँदा आफ्नो न्यूनतम मूल्य ५० हजार भन्दा बढी राख्न पाउनेछन् । आफ्नो मूल्य बढाएर दर्ता गर्नका लागि पीपीएलको बेभ पोर्टलमा छुट्टै अप्सनको व्यवस्था गरिएको छ । खेलाडी दर्ता २५ सेप्टेम्बर (असोज ९ गते) राति १२ बजेसम्म गराइसक्नु पर्नेछ ।