आयोजक नेक्सस क्रिकेट एकेडेमी र वाइ वाइ जि एच सि ए बियजी

|
आयोजक नेक्सस क्रिकेट एकेडेमी र वाइ वाइ जि एच सि ए बियजी

# #

काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा आज सनिबार नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले तेस्रो नेक्सस कप अन्डर सिक्सटिन क्रिकेट प्रतियोगीताको उद्घाटन गर्नु भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा आज बाट संचालन भएको नेक्सस कप सिजन ३ को उद्घाटन समारोह लाई सम्बोधन गर्दै अध्यक्ष चन्दले एक बर्षमा नेपाली क्रिकेटले फड्को मार्ने दाबी गदै क्रिकेट संघले नेपाली क्रिकेटको बिकासका लागी ठोस योजना बनाएर अगाडी बढीसकेको खुलाशा गर्नु भयो । सो अबसरमा चन्दले प्रतिवाभान खेलाडी हरु अब अन्यायमा नपर्ने धारणा राख्दै निस्पक्ष छनौट प्रक्रिया निमाण गर्ने र खेलाडी लाई प्रसस्त खेल्ने अबसर सृजना गर्ने प्रतिबद्दता ब्यक्त गनु भयो ।

शनिबार सम्पन्न भएको पहिलो खेल आयोजक नेक्सस क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौ लाई ८ बिकेटले पराजित गर्यो भने सोहि दिन सम्पन्न दास्रो खेल बालुवाटार क्रिकेट क्लब काठमाण्डौ लाई ५० रनले हराउदै वाइ वाइ जिएच सिए ले बिजयी यात्रा शुरुवात गरेको छ ।

  आज सम्पन्न पहिलो खेलमा  टस जितेर  ब्यटिङ  रोजेको हिमालयन क्रिकेट एकेडेमी ले  निर्धारित २० ओभर खेल्दै ६ बिकेटको क्षेतीमा ८४ रन बनाएको थियो । हिमालयनका ब्याट्सम्यान दिपक बोहोराले ५२ बलमा ३७ रन र बिक्रम जि सी ले ११ रन बनाएका थिए ।

बलिङ तर्फ नेक्ससका रोबिन क्षेत्री र क्रिस कार्कीले समान २÷२ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको नेक्सस ले ५.५ ओभरमा २ बिकेट गुमाउदै लक्ष्य पुरा गर्दा ८ बिकेटले बिजयी भएको थियो । नेक्ससका ब्याट्सम्यान बिपीन शाहीले २ छक्का ६ चौका प्रहार गर्दै २२ बलमा ४४ रन बनाए भने बिशाल केसीले १ छक्का ३ चौकाको मद्दतले ११ बलमा २१ रन बनाएका थिए ।

बलिङ तर्फ हिमालयनका सुरज जपरेल र सुबास दौत्यालले समान १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच नेक्ससका बिपीन शाही घोषित भएका थिए । उनलाई पुर्ब चिफ सेलेक्टर बिजय शर्माले ट्रफी प्रदान गर्नु भएको थियो ।

 दास्रो खेलमा  टस जितेर  ब्यटिङ  रोजेको वाइ वाइ जिएच सिए ले  निर्धारित २० ओभर खेल्दै ६ बिकेटको क्षेतीमा १३० रन बनाएको थियो । वाइ वाइ जिएच सिए का ब्याट्सम्यान प्रशान्त सिंहले ६ छक्का ४ चौका प्रहार गदै ४० बलमा ६५ रन र दिपक बोहोराले १८ रन बनाएका थिए ।

बलिङ तर्फ बालुवाटारका नबिन तामाङ, सहास शाक्य र निकेश गुप्ताले समान २/२ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको बालुवाटार ले १७.२ ओभर खेल्दै १० बिकेट गुमाएर ८० रनमै समेटिए पछि ५० रनले पाराजित भएको थियो ।  बालुवाटारका ब्याट्सम्यान राजन जि सीले १९ रन र पुजन गौतमले १३ रन मात्र बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङ तर्फ जिएच सिएका बिशाल पटेल र आरीयो पौडेलले समान ३÷३ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच जिएच सिएका प्रशान्त सिंह घोषित भएका थिए । उनलाई नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले ट्रफी प्रदान गर्नु भएको थियो ।