नेक्सस कप : हिमालय क्रिकेट एकेडेमी र बेष्टर्न क्रिकेट एकेडेमी बियजी

|
नेक्सस कप : हिमालय क्रिकेट एकेडेमी र बेष्टर्न क्रिकेट एकेडेमी बियजी

# #

नेक्सस क्रिकेट एकेडेमी को आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण क्रिकेट प्रतियोगिता को पाचौ दिन सम्पन्न भएका खेलहरुमा हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ र बेष्टर्न क्रिकेट एकेडेमी बुटवल बिजयी भएका छन ।  पहिलो खेल बालुवाटार क्रिकेट क्लब विरुद्ध वेस्र्टन क्रिकेट एकेडेमी बुटवल १४ रनले बिजयी भएको छ  भने दास्रो खेल हिमालय क्रिकेट एकेडेमी ले तिलोत्तमा क्रिकेट क्लब बुटवल लाई ४ बिकेटले पराजित गरेको छ ।

टस हारेर  ब्यटिङ को निम्तो पाएको बेष्टर्न क्रिकेट एकेडेमी ले  निर्धारित २० ओभरमा ३ बिकेट गुमाउदै १३९ रन बनाएको थियो । वेस्र्टन क्रिकेट एकेडेमी का लागि रन्जीत खड्काले ६७ बलमा १ छक्का ९ चौका को मद्दतले ६२ रन बनाएकाका थिए । त्यस्तै अर्का ब्याट्सम्यान प्रकाश गिरीले ३१ रन र दिप्सन थापाले १९ रन योगदान दिएका थिए ।

बलिङ तर्फ बालुवाटारका नबिन तामाङले २ बिकेट लिएका थिए ।

१३९ रनको  लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रेको बालुवाटार क्रिकेट क्लब २० ओभरमा ८ बिकेट गुमाउदै १२४ रनमा समेटिएकोे थियो । बालुवाटार क्रिकेट क्लब का ब्याट्सम्यान निकेश गुप्ताले ३९ रन र प्रशान्त पाण्डेले ३१ रनबनाएका थिए ।

बलिङ तर्फ वेस्र्टन का  ४ ओभरमा १ मेडन ५ रन दिदै ३ बिकेट लिए भने सुशान्त खरेलले २ बिकेट, सन्देश पन्डीत  र किरण खरेल ले समान १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वेस्र्टन का प्रकाश गिरी घोषित भएका थिए ।

दोस्रो खेलमा  टस जितेर  ब्यटिङ  रोजेको तिलोत्तमा क्रिकेट क्लब ले  निर्धारित १४.४ ओभर खेल्दै १० बिकेटको क्षेतीमा ८७ रनमा समेटिएको थियो । तिलोत्तमा का ब्याट्सम्यान निश्चल पराजुलीले ३० रन बनाएका थिए ।

बलिङ तर्फ हिमालय का बिक्रम जी सी र जीवन खत्री ले समान ३/३ बिकेट लिएका थिए।

जवाफी ब्याटिङ मा उत्रेको हिमालय क्रिकेट एकेडेमीेले १७ ओभरमा ६ बिकेट गुमाउदै ८८ रन बनाएको थियो ।  हिमालय का लागी रितिक जंग शाहले १८ रन र शिद्घार्थ शाहले १० रनको योगदान दिएका थिए ।

बलिङ तर्फ तिलोत्तमा का प्रकाश कुवरले २ ओभर मा ११ रन दिदै ३ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच हिमालय का बिक्रम जी सी घोषित भएका थिए ।