सन्दीप र दिपेन्द्रको उत्कृष्ट प्रदर्शन सहित नेपाल इतिहास बनाउदै, नेपालले पायो ११५ रनको टार्गेट

|
सन्दीप र दिपेन्द्रको उत्कृष्ट प्रदर्शन सहित नेपाल इतिहास बनाउदै, नेपालले पायो ११५ रनको टार्गेट

फोटो: रमन शिवाकोटी


इतिहास बनाउन अघि बढेको नेपाल अब मात्र केहि कदम टाढा रहेको छ | टस जितेर पहिले फिल्डिंग गरेको नेपालले पपुवा न्यु गिनी संग ११५ रनको टार्गेट पाए संगै नेपालले यो मौकालाई इतिहासमा स्वर्णिम अक्षरले लेख्ने अवसर पाएको छ | नेपालको आजको यात्रामा दिपेन्द्र सिंह ऐरी र पुन: सन्दीप लामिछाने  सर्बोत्कृष्ठ रहे, उनीहरुको चार-चार विकेटको मद्दतले नेपालले पपुवा न्यु गिनिलाई ११४ रनमा समेट्न सफल भएको छ | यस अघि नेपालको तर्फबाट करण केसी र सोमपाल कामीले एक एक विकेट लिएका थिए !

आजको खेलले नेपालको भविष्य निर्धारण गर्नेछ । आजको खेलमा पपुवा न्यु गिनीलाई पराजित गर्न सके र नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेको खण्डमा नेपालले आगामी चार वर्षका लागि एकदिवसिय मान्यता पाउनेछ । तर नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको खण्डमा र नेदरल्यान्ड्सलाई हङकङले पराजित गरेको खण्डमा नेपालले एकदिवसिय मान्यता पाउनका लागि हङकङलाई पराजित गर्नै पर्ने हुन्छ । 

यहाँ लाइभ स्कोर