भारतलाई श्रृंखलामा १-० को अग्रता, अष्ट्रेलिया ३१ रनले पराजित

|
भारतलाई श्रृंखलामा १-० को अग्रता, अष्ट्रेलिया ३१ रनले पराजित


अष्ट्रेलियालाई ३१ रनले पराजित गर्दै भारतले अष्ट्रेलियामा जारी टेस्ट श्रृंखलामा १-० को अग्रता लिएको छ । खेलको पाँचौ दिनमा अष्ट्रेलियालाई २९१ रनमा अगआउट गर्दै भारतले खेल आफ्नो कब्जामा पारेको हो ।

पहिलो पारीमा चेतेश्वर पुजाराको १२३ रनको सहयोगमा भारतले २५० रनको योगफल तयार पारेको थियो । भारतीय पारीमा रोहित शर्माले ३७ रनको योगदान दिएका थिए । अष्ट्रेलियाका लागि जोस हेजलउडले ३ विकेट लिँदा स्टार्क, कमिन्स तथा नेथन लायनले समान २/२ विकेट लिएका थिए ।

अष्ट्रेलिया पहिलो पारीमा २३५ रनमा अलआउट भएको थियो । हेडले अष्ट्रेलियाको पारीमा ७२ रन बनाएका थिए । बलिङ तर्फ भारतका रविचन्द्रन आश्विन र जसप्रित बुम्राहले तीन तीन विकेट लिए ।

दोस्रो पारीमा चेतेश्वर पुजारा तथा अजिंक्य राहाण्को अर्धशतकीय पारीको सहयोगमा भारतले ३०७ रन बनाएको थियो । पुजाराले ७१ रन बनाउँदा राहाणेले ७० रनको योगदान दिएका थिए ।

३२३ रनको लइउ पछ्याएको अष्ट्रेलिया खेलको अन्तिम दिनमा २९१ रनमा अलआउट भएको हो । अष्ट्रेलियाका लागि अन मार्शले ६० रनको पारी खेल्दा कप्तान टिम पेनले ४१ रन बनाएका थिए । अन्तिम समयमा कमिन्सले २८ रन, स्टार्कले २८ रन, नेथन लायनले ३८ रन तथा हेजलउडले १३ रन बनाए तापनि अष्ट्रेलियालार्य हाराटजोगाउन सकेनन् ।