नेपाल कसरी एसिया कप क्वालिफायरको फाइनलमा पुग्न सक्छ ?

|
नेपाल कसरी एसिया कप क्वालिफायरको फाइनलमा पुग्न सक्छ ?

#

एसिया कप क्वालिफायरमा फाइनलको लागि दौड निकै रोमाञ्चक स्थितिमा पुगेको छ । गणितिय हिसाबले हेर्दा, ७ अंकसहित शीर्ष स्थानमा रहेको ओमान, ६ अंक सहित दोस्रो स्थानमा रहेको युएइ, ५ अंकसहित तेस्रो स्थानमा रहेको हङकङ र ४ अंकसहित चौथो स्थानमा रहेको नेपाल सबैको सम्भावना रहेको छ । बाँकी टोलीको तुलनामा नेपाललाई भने फाइनल पुग्नु भनेको निकै गाह्रो देखिन्छ ।

यसमध्ये सबैभन्दा गाह्रो भने नेपाललाई नै देखिएको छ । चार टोलीमध्ये अंक तथा नेट रन रेटमा सबैभन्दा पछाडि नेपाल नै रहेको छ । युएइ र ओमानबीचको खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ भने सोही खेलको नतिजामा भर पर्नुपर्नेछ हङकङ र नेपालले । ओमानले सो खेल हारेमा नेपालको सम्भावना पनि सकिनेछ भने हङकङ नेट रन रेटको आधारमा युएइभन्दा अगाडि जान सक्नेछ ।

नेपालले फाइनलमा स्थान बनाउने हो भने यी दुई नतिजा नेपालको पक्षमा हुनुपर्नेछ :

१. ओमानले युएइलाई हराउनुपर्नेछ । युएइको नेट रन रेट राम्रो भएकोले ओमानले ठूलो मार्जिनले जित्नुपर्नेछ जसले गर्दा नेपालको नेट रन रेट युएइको भन्दा राम्रो होस् ।

२. नेपालले आफ्नो नेट रन रेट युएइको भन्दा राम्रो हुने गरी हङकङलाई हराउनुपर्नेछ । नेपालले पहिलो बलिङ गरेको खण्डमा हङकङलाई लगभग १५० मा समेटेर लगभग १५ ओभर भित्र टार्गेट चेज गरेमा यो सम्भव हुन सक्छ । नेपालले पहिलो ब्याटिङ गरेको खण्डमा हङकङलाई लगभग १२० रनको अन्तरले जितेमा नेपाल फाइनलमा पुग्ने सम्भावना जीवित रहन सक्छ ।  (Note: नोट यो exact official calculation भने होइन)

 

यो पनि पढ्नुहोस् :

NRR को हो? यसले किन राम्रा टिम बाहिरिन्छन?