अन्तर्राष्ट्रिय क्रिकेट लिगमा नेपाली क्रिकेटर

|
अन्तर्राष्ट्रिय क्रिकेट लिगमा नेपाली क्रिकेटर

नेपाली क्रिकेटले अनेकौँ आरोह अवरोह पार गर्दै आफ्नो बाटो पहिल्याउनले प्रयासको थालनी गरेको पनि धेरै समय भइसकेको छ । सन् १९९६ मा एसीसी ट्रफी अन्तर्गत बंगलादेश विरुद्ध आफ्नो पहिलो अन्तराष्ट्रिय खेल खेलेको नेपालले त्यसयता धेरै अनुभव बटुलिसकेको छ । समग्रमा भन्नुपर्दा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गर्नु तथा सन् २०१४ को टी २० विश्वकपमा सहभागिता जनाउनु नै नेपाली क्रिकेटको अहिलो सम्मको ठूलो उपलब्घि मान्नुपर्छ । म्यानमारलाई १० रनमा अलआउट गर्नु तथा मेहबुब आलमले एकै इनिंमा १० विकेट लिनु लगायतका रेकर्डमा पनि नेपाली क्रिकेटको नाम जोडिएको छ ।


यी त भए विगतका कुराहरु । विगत केही समयदेख अन्तर्राष्ट्रिय क्रिकेटमा सीमित ओभरको क्रिकेट लिगहरु निकै लोकप्रिय हुँदै गइरहेका छन् । पछिल्लो समयमा विदेशी लिगमा नेपाली क्रिकेटरहरु सहभागी हुने क्रम बिस्तारै भए पनि बढीरहेको छ ।


अन्तर्राष्ट्रिय क्रिकेट लिग र सन्दीप लामिछाने


अन्तर्राष्ट्रिय क्रिकेटमा लोकप्रिय लगभग सबैजसो लिगमा सहभागिता जनाइसकेका छन् युवा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले । इन्डियन प्रिमीयर लिग (आइपीएल), बिग ब्यास लिग, क्यानडाको ग्लोबल टी२० लिग, अफगानिस्तान प्रिमीयर लिग, बंगलादेश प्रिमीयर लिग, पाकिस्तान प्रिमीयर लिग लगायतका अनेकौँ लिगमा आफ्नो प्रदर्शनबाट सबैलाई प्रभावित पारिसकेका छन् सन्दीपले ।


यो पनि पढ्नुहोस् : पोखरा, पीपीएल र क्रिकेट


नारायणगढको क्याम्पा चौर मैदानबाट यु १९ टोली हुँदै राष्ट्रिय टोलीमा प्रवेश गरेका सन्दीपले सन् २०१६ यु १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।  यु १९ विश्वकप हुँदै अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कको एकेडेमीसम्मको यात्रा तय गरेका सन्दीपले त्यसपछि आफ्नो करियरमा कहिल्यै पछाडी फर्केर हेर्नुपरेन भन्दा फरक नपर्ला ।


सन्दीप कलिलो उमेरमा नै आइपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए जब दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) ले उनलाई अक्सन मार्फत् खरिदेको थियो । सन्दीपले आइपीएलमा मौका पाएबाट नै अन्य नेपाली क्रिकेटरको लागि पनि बाटो खुला भएको तथ्यमा भने कसैको दुई मत नहोला ।


पारसलाई युएई टी १० मा मौका


गत नोभेम्बर युएईमा सम्पन्न भएको टी १० लिगमा भुतपूर्व नेपाली कप्तान पारस खड्काले टीम अबुधावीबाट खेल्ने मौका प्राप्त गरे । आफ्नो प्रदर्शनले दर्शको मन जित्न असफल रहे तापनि यस प्रतियोगिताको अनुभवलाई सकारात्मक रुपमै लिनु उचित हुन्छ । 


३ खेलमा मात्र ४ रन बनाएका पारस दुई खेलमा नटआउट रहे । बलिंगतर्फ उनको नाममा १ विकेट रह्यो । सीमित मौकामा दिएको प्रदर्शनलाइए बिर्सने हो भने पनि सो स्तरमा अन्तराष्टिय क्रिकेटरसँग खेलेका अनभवले भने स्वयम् पारस तथा नेपाली क्रिकेट टोलीलाई फाइदाजनक नै हुन्छ भन्दा दुइ मत नहोला ।


सोमपाल सम्मिलित टोली ग्लोबल टी-२० क्रिकेट लिगको च्याम्पियन


नेपाली अलराउण्डर क्रिकेटर सोमपाल कामीले पनि २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट लिगमा सहभागिता जनाउने मौका प्राप्त गरे । क्यानडामा सञ्चालन भएको ग्लोबल टी-२० क्रिकेट लिगमा सोमपालले विनीपेग हक्सबाट खेलेका थिए । मात्र १ खेलमा मौका प्राप्त गरेका उनले आफ्नो क्षमता त प्रदर्शन गर्न सकेनन् तर उनको टोली विनीपेग हक्स भने प्रतियोगिताका च्याम्पियन नै बन्यो ।


यो पनि पढ्नुहोस् : सन्दीप, युएस भिसा र त्यो ट्वीट


फेब्रुवरी २०२० मा सञ्चालन हुन गइरहेको पाकिस्तान प्रिमीयर लिगको ड्राफ्टमा ८ जना नेपाली क्रिकेटरको नाम समावेश भए तापनि कुनै पनि टोलीले नेपाली खेलाडी खरीद भने गरेनन् । सन्दीप लामिछाने, पारस खड्का, शरद भेषवाकर, बिनोद भण्डारी, रोहत कुमार पौडेल, सोमपाल कामी, दिपन्द्र सिंह ऐरी तथा आरिफ शेखको नाम ड्राफ्टमा परेको थियो ।

Ritesh Ghimire

Ritesh is a Computer Engineer, Web Developer and an active cricket follower. Being the founder of LetzCricket, he has been watching and analysing Nepali and International cricket and sharing his opinions through LetzCricket.