नेक्सस कप चौथो दिन : जीएच सीए र सैनिक स्कुल विजयी

|
नेक्सस कप चौथो दिन : जीएच सीए र सैनिक स्कुल विजयी

नेक्सस क्रिकेट एकेडेमी को आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण क्रिकेट प्रतियोगिता को चौथो दिन सम्पन्न भएका खेलहरुमा वाई वाई जीएच सीए र सैनिक स्कुल बिजयी भएका छन ।  पहिलो खेल वाई वाई जीएच सीए वेस्र्टन क्रिकेट एकेडेमी बुटवल बिरुद्घ १३५ रनले बिजयी भएको छ  भने दास्रो खेल सैनिक स्कुल ले बुटवल युथ स्पोटर्स क्लब बुटवल लाई १० रनले पराजित गरेको छ ।

टस जितेर  ब्यटिङ  रोजेको वाई वाई जीएच सीए ले  निर्धारित २० ओभरमा २ बिकेट गुमाउदै २१४ रन बनाएको थियो । वाई वाई जीएच सीए का लागि दिपक बोहोराले ४६ बलमा ६ छक्का ११ चौका को मद्दतले १०७ रनको सतकिय पारी खेलेका थिए । त्यस्तै अर्का ब्याट्सम्यान आदित सुबेदी ५० रन र अशोक पौडेलले ४३ रन योगदान दिएका थिए ।

बलिङ तर्फ वेस्टर्नका दिप्सन थापाले १ बिकेट लिएका थिए ।

२१५ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रेको वेस्र्टन क्रिकेट एकेडेमी बुटवल १६.१ ओभरमा सबै बिकेट गुमाउदै ७९ रनमा समेटिएकोे थियो । वेस्र्टन क्रिकेट एकेडेमी का ब्याट्सम्यान प्रकाश गिरीले ४२ रन बनाएका थिए ।

बलिङ तर्फ जीएच सीए प्रशान्त सिंह,बिशाल पटेल र आरीयो पौडेल ले समान १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच जीएच सीए का दिपक बोहोरा घोषित भएका थिए ।
दास्रो खेलमा  टस जितेर  ब्यटिङ  रोजेको बिरेन्द्र सैनिक आबासीय बिधालय भक्तपुर ले  निर्धारित २० ओभर खेल्दै १० बिकेटको क्षेतीमा १०९ रन बनाएको थियो । सैनिक स्कुल का ब्याट्सम्यान आशिस कुवरले २४ रन र निश्चय थापाले १९ रन बनाएका थिए ।

बलिङ तर्फ बुटवल युथ स्पोटर्स क्लब का जया साना र अजय कुबर ले समान २÷२ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङ मा बुटवल युथ स्पोटर्स क्लबले २० ओभरमा ९ बिकेट गुमाउदै ९९ रन बनाएको थियो ।  बिकेटले खेल आफ्नो पक्षमा पारेको थियो । बुटबलका लागी जया सानाले २१ रन,बिष्णु थापाले २० रनको योगदान दिएका थिए ।

बलिङ तर्फ तिलोत्तमा सैनिक स्कुल का आशिष कुवरले ४ ओभर मा १२ रन दिदै ४ बिकेट लिएका थिए भने प्रशान्त भट्टराई र असिम कार्की ले समान २÷२ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सैनिक का आशिष कुवर घोषित भएका थिए ।