इपिएल प्रत्यक्ष प्रशारण डी-स्पोर्ट्सले गर्ने

|
इपिएल प्रत्यक्ष प्रशारण डी-स्पोर्ट्सले गर्ने

आगामी फाल्गुन १७ देखि काठमाडौँमा आयोजना हुन गइरहेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि २० प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले गर्ने भएको छ । आज राजधानीको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा डी स्पोर्ट्स तथा ईपीएल बीच सम्झौता भएको छ । इपिएलको तर्फबाट आमिर अख्तर तथा डी स्पोर्ट्सको तर्फबाट सीओओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै ईपीएलका संस्थापक आमिर अख्तरले नेपालको घरेलु क्रिकेटलाई ग्लोबल स्तरमा पुर्याउने उद्देश्यका साथ यो सम्झौता भएको बताए । डिस्कोभरी नेटवर्क अन्तर्गत रहेको यो च्यानलले यस अघि बीग ब्यास लिग, पाकिस्तान सुपर लिग, अफघानिस्तान सुपर लिग लगायतका प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिसकेको छ ।

“इपिएलको दौरान दर्शकहरु टिभी स्क्रिनमा झुम्मिउन भन्ने चाहन्छौं। हामि इपिएललाई डीस्पोर्ट्समा देखाउन पाउदा उत्साहित छौँ।” - डीस्पोर्ट्सका सीओओ दिलिप शरण

“डीस्पोर्ट्ससंगको सम्झौताले अब इपिएल र नेपाली क्रिकेटलाई हामीले विश्वस्तरमा प्रबर्द्धन गर्न सक्छौं।” - इपीएलका संस्थापक आमिर अख्तर

“ The key factor for the success of any league is its stakeholders, and we believe, in DSport we have found the right broadcast partner. With the reach of an International Broadcaster like DSport, we can promote EPL globally and in turn, promote Nepali cricket as well. With the experience and proficiency of the DSport team, we can expect an international standard, glitch-free, easily accessible, and properly marketed and dispersed content at your TV Screens. ” - Aamir Akhtar, Founder, EPL

“ Cricket captures audiences like nothing else. From our experience worldwide we know that during live matches our users are glued to their screen.. With the EPL LIVE on DSport we expect to see the same response. We are very excited to have the EPL on DSport. As a cricket lover, I am delighted to see the development of the game in Nepal. A professionally organized tournament like the EPL is an opportunity to showcase Nepali cricket around the world. DSport will target international audiences as well as Nepali living abroad, thanks to our strong distribution network in South East Asia as well as cricketing nations worldwide. ” -  Mr. Dilip Sharan, COO, Lex Sportel